जलपाईगुडी (न्युज एशिया)ঃ विगत केही दिनदेखि चितुवाको उपस्थितिका कारण जलपाईगुडी जिल्लाको बामन डांगा चिया बगान लगायत आसपासका क्षेत्रमा मानिसहरु आतंकमा थिए । यो चितुवा गाउँमा पसेर घरपालुवा जनावर लैजाने गर्दथ्यो । बालबालिकालाई पनि आक्रमण हुन सक्छ भन्ने डरले मानिसलाई वन विभागलाई जानकारी गराएको थियो ।
यस क्षेत्रमा वन विभागले खोर राखेको थियो ।अन्ततः चितुवा यस खोरमा फसेको थियो। शुक्रबार बिहान चितुवाको गर्जना सुनेर मानिसहरु नजिक आएर चितुवा खोरमा फसेको देखे । खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेर चितुवालाई नियन्त्रणमा लिएका थिए ।
चितुवालाई शारीरिक परीक्षणपछि जंगलमा छाड्ने उनले बताए । अर्कोतर्फ चितुवा नियन्त्रणमा आएपछि चितुवाको आतंकबाट मुक्ति पाएकाले सर्वसाधारणले राहतको सास फेरेका छन् ।