भारतीय एमएसएमईको डिजिटल विकासका निम्ति भीआई बिजनेस र पेयू-बीच साझेदारी

भीआई को उद्यम शाखा भीआई बिजनेसले भारतको एमएसएमई-बीच डिजिटल विकासलाई गति दिनका लागि अग्रणी डिजिटल वित्तीय सेवा प्रदाता पेयू-सित साझेदारी गरेको एक विज्ञमिमार्फत बताएको छ।

यस रणनीतिक सहकार्यले एमएसएमईलाई अनुकूलित डिजिटल भुक्तानी समाधानहरू प्रदान गरेर तिनीहरूको समग्र डिजिटल क्षमताहरू बढाएर सशक्त बनाउने लक्ष्य राखेको बताइएको छ। यस साझेदारीका मुख्य विशेषताहरूमा नवीनतम भुक्तानी समाधान छ। रेडी फर नेक्स्ट पहल अन्तर्गत, भीआई बिजनेसले छुट दरमा विशेष उत्पादकता र सहयोग उपकरणहरू प्रदान गरिरहेको जनाएको छ।

भोडाफोन आइडियाका चीफ इन्टरप्राइज बिजनेस अफिसर अरविन्द नेवतियाले पेयू सँगको उनको कम्पनीको साझेदारीले भारतमा लघु अनि मध्यम आकारका व्यवसायहरूलाई डिजिटल रूपमा सशक्त बनाउने प्रतिबद्धतालाई रेखांकित गर्ने बताए।