ग्रीनको गोल्ड रेटेड कम्पनी अवार्ड टोयोटा किर्लोस्कर मोटरलाई

टोयोटा किर्लोस्कर मोटर (टीकेएम)-ले प्रतिष्ठित ग्रीनको गोल्ड रेटेड कम्पनी अवार्ड प्राप्त गरेको छ। यस अवसरमा राजस्थानको जयपुरमा डिलरशिप राजेश टोयोटालाई सम्मान जनाइएको छ।

यो पुरस्कार चेन्नईमा भारतीय उद्योग परिसङ्घ (सीआईआई), हरित व्यापार केन्द्र (जीबीसी) द्वारा प्रदान गरिएको हो। यसले वातावरणीय दिगोपनप्रति राजेश टोयोटाको प्रतिबद्धता, ऊर्जा दक्षता, फोहोर व्यवस्थापन र पानी संरक्षणजस्ता दिगो अभ्यासहरूको कार्यान्वयनलाई स्पष्ट पारेको छ।

यसको उद्देश्य जिम्मेबार संसाधान उपभोग अनि पर्यावरण संरक्षणलाई बढ़ावा दिनु रहेको टीकेएम-ले प्रेस-नोटमार्फत जनाएको छ।