सांसद राजु बिष्टले कालिम्पोङको टिस्टा बजार क्षेत्रको भ्रमण गरेका छन्

सिलगढी (न्युज एशिया) लगातारको वर्षाका कारण धेरै ठाउँमा पानी जमेको छ । दार्जिलिङका सांसद राजु बिष्टले आज प्रभावित क्षेत्रको भ्रमण गरेका छन् । सांसद विष्टले शनिबार कालिम्पोङ जिल्लाको टिस्टा बजार क्षेत्रको भ्रमण गरेका थिए । उनले राज्य सरकार र जीटीए प्रभावित क्षेत्रमा काम नगरेको गुनासो गरे। केन्द्र सरकार पीडितको साथमा छ । उनले पीडितलाई सक्दो सहयोग गर्ने बताए ।