सिलगढी: सिलगढी महानगरपालिकाको वार्ड नम्बर १८ अन्तर्गत बागराकोट इलाकामा आइतबार एक मदिरा पसलमा आगलागी भएको छ। सिलगढीका अधिकांश ठाउँमा मदिरा पसलहरू धमाधम चलिरहेका छन्।
यसपछि वडा नम्बर १८ को क्षेत्रमा अवैध मदिरा कारोबारको यस्तै घटना भएको छ । बागराकोटमा अवैध मदिरा पसलमा आगलागी हुँदा सबै जलेर खरानी भएको स्थानियवासी भने जोगिएका छन् । बागराकोट क्षेत्रमा रहेको उक्त अवैध मदिरा पसलमा दैनिक मदिरा जम्मा हुने र जुवाको अड्डा समेत रहेको बताइएको छ । जसका कारण उक्त क्षेत्रमा बाहिरीहरुको आवतजावत निकै बढेको थियो । अवैध मदिरा पसलमा साँझ अचानक आगलागी भएको हो । तर, आगलागीको कारण भने खुल्न नसकेको घटनाले स्थानीयवासी निकै त्रसित भएका छन् । उनका अनुसार अवैध मदिरा कारोबारको जोखिम बढ्दै गएको छ । उनले जतिसक्दो चाँडो अवैध मदिरा पसल बन्द गर्न प्रहरी प्रशासनसँग माग गरेका छन् । स्थानीयवासीको मागलाई समर्थन गर्दै स्थानीय पार्षद सञ्जय शर्माले कुनै पनि प्रकारको गैरकानुनी कामलाई सह्य नहुने र प्रहरी प्रशासनले छिट्टै कानुनी कारबाही गर्ने बताए ।