भारत किसान आन्दोलनः प्रदर्शनकारीले लाल किल्लामा के गरे

भारत सरकारले ल्याएका कृषिसम्बन्धी नयाँ कानुनविरुद्ध आन्दोलन गरिरहेका किसानहरू मङ्गलवार दिल्ली प्रवेश गरे।

भारतको गणतन्त्र दिवसको अवसर पारेर किसानहरूले निकालेको ट्र्याक्टर र्‍यालीमा हजारौँ मानिस सहभागी भएका थिए। उक्त र्‍याली प्रहरीले बनाएको अवरोध नाघ्दै ऐतिहासिक लाल किल्लामै पुग्यो।

दिल्ली प्रवेश गर्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भएको थियो। उक्त घटनामा एक व्यक्तिको मृत्यु भएको थियो भने ८० भन्दा बढी सुरक्षाकर्मी घाइते भएका थिए।

किसान नेताहरूले दिल्लीमा भएको हिंसाको निन्दा गरेका छन्। प्रदर्शनमा बाह्य तत्त्वले घुसपैठ गरेको उनीहरूको दाबी छ।

तर सरकारले ल्याएका कानुन फिर्ता नभएसम्म जारी आन्दोलन नरोकिने उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *