लोकसभा निर्वाचनको मिति घोषणा नभए पनि सबै दलले चुनाव जित्नका लागि प्रचारप्रसार सुरु गरेका छन् । सभा र र्यालीबाट पर्खाल लेखन सुरु भएको छ, यसै क्रममा बुधबार तृणमूलले फुलबारी नम्बर एक जोनअन्तर्गत अम्बिकानगर क्षेत्रमा लेखन अभियान सुरु गरेको छ ।डबग्राम-फुलबारी ब्लाक अध्यक्ष देवाशिष प्रामानिक, उपाध्यक्ष गौतम गोस्वामी, अध्यक्ष सुनिता राय चक्रवर्ती, उपाध्यक्ष आनन्द सिन्हाले आफ्नै हातले पर्खाल लेखन गरे। प्रामानिकले प्रदेशमा विकास निर्माणको काम भइरहेको बताए । विकासका कामलाई निरन्तरता दिन जनताले लोकसभा चुनावमा ठूलो संख्यामा तृणमूललाई भोट दिनेछन्।