कूचबिहार जिल्लामा माध्यमिक परीक्षा सुचारु रूपमा जारी छ

कूचबिहार जिल्लामा कुनै बाधा बिना माध्यमिक परीक्षा सुरु भएको छ। परीक्षा केन्द्रमा बिहानैदेखि विद्यार्थीको भीड लागेको थियो ।

विहान ८ः३० बजे परीक्षा केन्द्रको ढोका खोलिएको थियो ।यस वर्ष कुचबिहार जिल्लामा कुल 31954 विद्यार्थी परीक्षामा सहभागी छन्। जसमध्ये १३ हजार ५ सय ७ नियमित विद्यार्थी र १ हजार ६ सय ३३ नियमित छात्रा छन् ।

साथै कम्पार्टमेन्टल र सीसी विद्यार्थीको संख्या 2414 छ। माध्यमिक परीक्षाका लागि बिहानैदेखि सडकमा अतिरिक्त बस र विभिन्न सवारी साधन चलेका थिए ।