कम्प्लेनको नयाँ अभियानमा प्रोटिनको आवश्यकतामाथि जोर दिँदै माधुरी दीक्षित

बलिवूडकी स्टार नायिका माधुरी दीक्षितले कम्प्लेनको “आई एम कम्प्लेन बोई-गर्ल।”  अभियानको माध्यमद्वारा नानीहरूको बढ़्दो उमेरसँगै प्रोटिनको महत्वबारे बढ़ावा दिएकी छिन्। अभियानमा माधुरीलाई स्कूलको वार्षिक दिवस समारोह अवधि आमाहरू अनि उनका नानीहरूसँग कुराकानी गर्दै गरेको देखाइएको छ।

यसमा नानीहरूको बढ़्दो उमेरमा प्रोटिनको महत्वमाथि जोर दिइएको छ। यसबारेमा बोल्दै जाइडस वेलनेसका प्रमुख कार्यकारी अधिकारी तरुण अरोड़ाले कम्प्लेनको वैज्ञानिक रूपले विकसित गरिएको संरचनाको प्रशंसा गरे।

यसमा अन्य अग्रणी नानीहरूको स्वास्थ्य खाद्य पेयको तुलनामा 63 प्रतिशत अधिक प्रोटिन, 34 महत्वपूर्ण पोषक तत्त्व अनि 2 गुणा तीव्र विकासको क्षमता सामेल रहेको छ। अभियानको उद्देश्य आमाहरूलाई आफ्ना नानीहरूको निम्ति उचित पोषण विकल्पहरूको बारेमा शिक्षित गर्नु रहेको छ।