आफ्नो कर्पोरेट ब्राण्ड पहिचानलाई परिमार्जन गर्दै श्री सिमेण्ट

भारतको सबैभन्दा ठूलो सिमेण्ट उत्पादक श्री सिमेण्ट लिमिटेडले बिल्ड स्मार्टको मूल दर्शनमा आधारित ‘बांगुर’ लाई मास्टर ब्राण्डको रूपमा लञ्च गरेको छ। नयाँ बांगुर ब्राण्ड पहिचानमा बलिवूड अभिनेता सनी देओललाई ब्राण्ड एंडोर्सरको रूपमा प्रस्तुत गरिएको छ।

यसबारेमा बोल्दै श्री सिमेण्ट लिमिटेडका प्रबन्धन निदेशक निरज अखौरीले भने, यो शुभारम्भ उपभोक्ताहरूको बढ़्दो भावना र बढ़्दो आकांक्षाहरूलाई आँकलन गर्दै साथै प्रतिक्रिया दिने कम्पनीको रणनीति अनुरुप गरिएको छ।

मुख्य आकर्षणहरूमा आधुनिक लोगो, परिमार्जन गरिएको उत्पादन लाइन, बांगुर म्याग्ना, देओलको विशेषता रहेको नयाँ विज्ञापन अभियान, दिगोपनप्रति नवीकरण गरिएको प्रतिबद्धता र ठेकादार, अभियन्ता, मिस्त्री र डिलरहरूसँग प्रभावकारी कार्यक्रमहरूमा केन्द्रित डिजिटल स्केल-अप समावेश छ।

By Business Bureau