तीन महिना को बाद चिनियाँ अर्बपति ज्याक मा

चीन सरकारले आफ्नो व्यापारिक साम्राज्यविरुद्ध कारबाही थालेपछि अलिबाबा ग्रूपका संस्थापक तथा अर्बपति व्यापारी ज्याक मा पहिलो पटक सार्वजनिक जीवनमा देखा परेका छन्।केही महिना ओझेलमा परेकाले उनको स्थितिबारे निकै अडकालबाजी भएको थियो।

एउटा सरकारी सञ्चारमाध्यमका अनुसार उनले बुधवार भिडिओमार्फत् ग्रामीण भेगमा कार्यरत १०० शिक्षकहरू छलफल गरेका थिए।उक्त समाचार प्रकाशित भएपछि हङ्‌कङ स्टक बजारमा अलिबाबाको शेअर मूल्य पाँच प्रतिशतले बढ्यो।स्थानीय तियान्मु न्यूजका अनुसार ज्याक माले आफ्नो परोपकारी संस्थाले अग्रसरता आयोजना गरेको कार्यक्रममा ती शिक्षकहरूलाई सम्बोधन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *