ड्युरेक्स द बर्ड्स एण्ड बीज टक-ले सिक्किम राज्य एड्स नियन्त्रण समाज सँग विश्व एड्स दिवस 2023 को स्वास्थ्य साझेदारको रूपमा हात मिलायो

उपभोक्ता स्वास्थ्य, स्वच्छता र पोषणमा विश्वव्यापी नेता रेकिटको डुरेक्स द बर्ड्स एन्ड बीज टक (टीबीबीटी) कार्यक्रमले सिक्किम विश्व एड्स दिवस समारोहमा स्वास्थ्य साझेदारको भूमिका ग्रहण गरेको छ। विश्व एड्स दिवसको लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को 2023 को विषयवस्तु ‘लेट कम्युनिटीज लिड’ सँग मिल्दोजुल्दो गरि, डुरेक्स टीबीबीटीले सिक्किम राज्य एड्स नियन्त्रण समाज (एसएसएसीएस) सँग सहकार्य गरेको छ। प्लान इन्डियाले उत्तरपूर्वी, दिल्ली र गुजरात गरी छ वटा राज्यमा यो कार्यक्रम लागू गरिरहेको छ। विश्व एड्स दिवसको अवसरमा विभिन्न कार्यक्रम र गतिविधिहरू मार्फत, राष्ट्रिय एड्स नियन्त्रण संगठन (नाको), स्वास्थ्य र परिवार कल्याण विभाग र रेन्बो हिल्स एसोसिएशन अफ सिक्किम (आरएचएएस) सँग मिलेर एसएसएसीएस-ले सिक्किमभरिका स्थानीय समुदाय र युवाहरूलाई यो कार्यक्रममा संलग्न गरिरहेको छ।

गान्तोकको आफ्नै लेप्चा फोक–वेस्टर्न फ्युजन ब्याण्ड सोफियुमको सोफियुम म्युजिक फेस्टिभलले हिपहप कलाकार तथा रैपर सुदर्शन राईको साथमा आफ्नो भावपूर्ण प्रस्तुतिले दर्शकहरुलाई मन्त्रमुग्ध बनाएको थियो। सुदर्शन राईका गीतका शब्दहरूले गहिरो सामाजिक सन्देश बोकेका छन्, जुन डुरेक्स टीबीबीटी पाठ्यक्रमका प्रमुख स्तम्भहरू सहमति, समानता, समावेशीकरण, जागरूकता र संरक्षणको वरिपरि किशोरकिशोरीहरूलाई शिक्षित गर्न केन्द्रित छ।गान्तोक महानगरपालिकाका मेयर श्री नेलबहादुर क्षेत्रीले भन्नुभयो, “युवाहरूलाई एचआईभी / एड्स र मादक दुव्र्य जस्ता कारणहरूमा गहिराइमा केन्द्रित गर्नको लागि डुरेक्स टीबीबीटी एक सकारात्मक र फलदायी कार्यक्रम।‘’

एक शानदार प्राइड वाक फेसन शो-मा व्यापक रूपमा लोकप्रिय क्वीनान्ड्रो र जोरेम र ग्रेसीको गतिशील जोडी प्रस्तुत गरिएको थियो। एचआइभी एड्सबाट पीडितप्रति ऐक्यवद्धता जनाउन रैम्प मा हिंडेका कलाकारलाई भेट्ने र अभिवादन गर्ने मौका पाउँदा समुदाय हर्षित भएको थियो। साथै, सबै उमेर समूहका बालबालिकाका लागि टीबीबीटी डिस्प्ले कर्नरमा टीबीबीटी पाठ्यक्रमका पुस्तक हरू र अन्य पठन सामग्रीहरू पनि प्रदर्शन गरिएको थियो। विद्यार्थीहरूलाई यौनिकता, जीवन कौशल, यौन प्राथमिकताहरू र सुरक्षित अभ्यासहरूको सूक्ष्मताको बारेमा सूचित गर्न र गलत सूचना वा शङ्काको लागि कुनै ठाउँ नछोड्नको लागि व्यापक पाठ्यक्रम विकास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *