आईसीआईसीआई प्रुडेन्शियल लाइफ इन्स्योरेन्स दावी निपटान अनुपात 98.14 प्रतिशत

आईसीआईसीआई प्रुडेन्शियल जीवन बीमाको दावी निपटान अनुपात वर्ष 2024-को दोस्रो त्रयमासिकमा निजी क्षेत्रका जीवन बीमाकर्ताहरूमाझ सर्वाधिक छ। दावी निपटान अनुपात 98.14 प्रतिशत छ अनि वित्तीय वर्ष 2024-को पहिलो त्रयमासिकमा सबैभन्दा राम्रो दावी निपटान अनुपात 97.9 प्रतिशत रहेको छ।

 यसले ग्राहकहरू अनि उनका परिवारहरूसँग गरिएको प्रतिज्ञालाई पूरा गर्ने कम्पनीको प्रतिबद्धता झल्काएको छ। 2023-को दोस्रो त्रयमासिकमा अनुपात 98.7 प्रतिशत थियो भने वास्तविक मृत्यु दावीहरूको निपटानको निम्ति औसत समय 1.2 दिन रहेको थियो। कम्पनीको दावी निपटान अनुपात 98.14 प्रतिशत रहेको छ, टाटा एआईए जीवन बीमाको 90.55 प्रतिशत भन्दा उत्कृष्ट रहेको छ।

 एचडीएफसी जीवन बीमा 96.62 प्रतिशत, बजाज एलायन्स जीवन बीमा 91.79 प्रतिशत, म्याक्स जीवन बीमा 95.90 प्रतिशत अनि एसबीआई जीवन बीमा 95.67 प्रतिशतभन्दा उत्कृष्ट प्रदर्शनी गरिरहेको छ। डाटा सार्वजनिक रूपमा कम्पनीको वेबसाइटमा उपलब्ध रहेको छ, र यसको ‘क्लेम फर स्योर’ सेवा पहलले सबै आवश्यक कागज पत्रहरू प्राप्त गरेपछि सबै योग्य मृत्यु दावीहरू एक दिनभित्रै सुनिश्चित रूपमा मिलाउने कार्य भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *