सपिङ मलमा भीषण आगलागी, २ कर्मचारी घाइते

माथाभांगा सहरको एक मलमा बिहानै आगलागी भएको छ। घटनामा दुई कर्मचारी गम्भीर घाइते भएका छन्। बिहान मलमा विद्युतीय प्राविधिक रहेका दुईजना कर्मचारी र अर्का एक जना मल भित्र विद्युतीय काम गरिरहेका बेला सर्ट सर्किटका कारण दुर्घटना भएको जानकारी छ ।जसका कारण दुई जना कर्मचारी गम्भिर घाइते भएका दुबै जनाको माथाभाङ्गा अस्पतालमा उपचार भइरहेको छ। दमकललाई खबर गरेपछि उनीहरु आएर मल धुवाँले भरिएको र अन्धकारले घेरिएको पाए। दमकलको सक्रियताले आगो छिट्टै नियन्त्रणमा लिएर ठूलो दुर्घटना हुनबाट जोगिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *