विपक्षी गुट भारतले १४ टिभी एन्करको शो बहिष्कार गर्ने घोषणा, भाजपाले यसलाई आपतकालसँग तुलना

विपक्षी दल भारतको मिडिया कमिटीले विभिन्न प्लेटफर्मका १४ टेलिभिजन एन्करको नाम सार्वजनिक गरेको छ जसको शो बहिष्कार गरिने छ। समितिले यस्ता च्यानल वा मञ्चमा आयोजना हुने डिबेट शोमा आफ्ना प्रतिनिधि नपठाउने निर्णय गरेको छ ।

यो निर्णयलाई भाजपाका सदस्य हरदीप पुरी (केन्द्रीय मन्त्री) द्वारा इन्दिरा गान्धीको शासनकालमा आपतकालसँग तुलना गरिएको थियो। यस निर्णयको बिरूद्ध भाजपा सदस्यहरूले विभिन्न धारणा राखेका थिए। अर्कोतर्फ विपक्षी दलले टिभी एन्कर बहिष्कार गर्नुको विभिन्न कारण बताउदै आएको छ ।

काङ्ग्रेसका प्रवक्ता पवन खेराले यी प्लेटफर्म वा च्यानलहरूले नफरतको बजार स्थापना गरेको भन्दै निर्णयलाई जायज ठहराउछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *