कक्षाकोठामा छतको फ्यान एक्कासी फुटेर खस्दा २ छात्रा घाइते

कक्षाको समयमा अचानक छतको फ्यान फुटेर लडेर दुई स्कूली छात्रा घाइते भएका छन्। घटना बुधबार मेखलीगञ्ज ब्लकको उछालपुकुरी कृषक उद्योग उच्च माध्यमिक विद्यालयमा भएको हो। घटनामा कक्षा ११ का दुई विद्यार्थी कृतिका बर्मन र बर्नाली रोय घाइते भएका छन्। कृतिका बर्मनको टाउकोमा फ्यान लागेर गम्भिर चोट लागेको छ। जमलदाह प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि उनलाई जलपाईगुडी रिफर गरिएको थियो। अर्का विद्यार्थी बर्नाली रोयलाई जमलदाह प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ। विद्यालय प्रशासनले घटनाप्रति दुःख व्यक्त गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बब्लु हुसेनले यस्तो अकस्मात घटनाले हामी स्तब्ध भएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *