सीमामा गाई तस्करीका क्रममा बीएसएफको गोली लागेर तस्करको मृत्यु

सीमामा गाई तस्करी गर्ने क्रममा भिडन्तमा बीएसएफको गोली लागेर एक तस्करको मृत्यु भएको छ। घटना भारत–बंगलादेश सीमामा रहेको बैरागिरहाट ग्राम पञ्चायतको इच्छागञ्ज क्षेत्रमा भएको हो। मृत्यु हुनेको नाम मोकलेश्वर हक (३५) हो, मृतक दिनहाटाको नैयरहाट क्षेत्रका बासिन्दा हुन्।
बंगलादेशमा गाई तस्करी गर्ने उद्देश्यले इच्छागञ्ज क्षेत्रमा राति तस्करहरूको समूह भेला भएको थियो। बीएसएफ जवानहरूले उनीहरूलाई रोकेपछि तस्करहरूको समूहले ड्युटीमा रहेका बीएसएफ जवानहरूलाई आक्रमण गरे। बीएसएफको जवाफी फायरिङमा एक तस्कर मारिए। घटनाको जानकारी पाएलगत्तै माथाभाङ्गा प्रहरी चौकीबाट ठूलो संख्यामा प्रहरी घटनास्थल पुगेको थियो। घटनास्थलमा पुगेको प्रहरीले ५ वटा गाई र धारिलो हतियार बरामद गरेको छ। प्रहरीले शव बरामद गरी पोस्टमार्टमका लागि माथाभाङ्गा प्रहरी चौकीमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *