सामाजिक सन्जालको प्रश्‍न- कहाँ छन् ज्याक मा ?, नजरबन्दमा रहेको आशंका

सार्वजनिक नजरबाट ज्याक मा हराएको दुई महिना बितेको छ । उनी निर्णायक रहेको टेलिभिजन शोको अन्तिम एपिसोडमा पनि नदेखिएका अलिबाबाका संस्थापकको असक्रियताले सामाजिक सन्जालमा प्रश्नैप्रश्‍न उठाएको छ ।

सामाजिक सन्जालका आशंकाले चीन सरकारको वित्तीय नियामकले ज्याकको व्यावसायिक साम्राज्यमा लगाइएको अंकुश प्रतिबिम्बित गरेका छन् । चीनका हाई-प्रोफाइल उद्यामी ज्याक अक्टोबर अन्त्यदेखि सार्वजनिक भएका छैनन् । उनले चीनको नियामक निकायमा सुधार आवश्यक रहेको औंल्याएका थिए । सोही भनाइपछि अलिबाबाको एन्ट समूहको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) रोक्का भएको थियो ।फाइनान्सियल टाइम्सले गत शुक्रबार ज्याक ‘अफ्रिकाज बिजनेस हिरोज’ अन्तिम अंकमा अनुपस्थित भएको समाचार सम्प्रेषण गरेको थियो । सोही समाचारलाई आधार मान्दै द टेलिग्राफले समाचार लेखेको थियो भने संसारभरका सञ्चारमाध्यमले यी दुई समाचारलाई उद्धृत गरेको ज्याक हराएको समाचार लेखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *