भारतमा दाहसंस्कार स्थलको छाना खस्दा १७ को मृत्यु

भारतको उत्तर प्रदेशस्थित मुराद नगरमा आइतबार दाहसंस्कार स्थलको छाना खस्दा कम्तीमा १७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । घटनामा कम्तीमा ३८ जना घाइते भएका छन् ।

घटनालगत्तै राष्ट्रिय विपत् व्यवस्थापन बलको एक टोली घटनास्थल पुगी स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरेको छ । मेरठका विभागीय आयुक्त सी मेश्रामले १७ जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

‘हामीले घटनाबारे अनुसन्धान सुरु गरिसकेका छौं । अनुसन्धानबाट दोषी ठहरिएका व्यक्ति वा संस्थालाई कडा कारबाही गर्नेछौं,’ मेरठका विभागीय आयुक्त सी मेश्रामले भने । यसैबीच, उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । ‘दुखद् घटना भएको छ । मैले जिल्ला अधिकारीहरूलाई राहत अभियान सञ्चालन गर्न निर्देशन दिएको छु,’ उनले भने, ‘घटनाबाट प्रभावित सबैलाई सम्भावित सबै सहयोग प्रदान गरिनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *