भारतको प्रमुख सार्वजनिक क्षेत्रका बैंकहरू मध्ये एक, बैंक अफ बडोदाले “बैंक अफ बडोदा राष्ट्रभाषा सम्मान” अवार्ड २०२३ को पहिलो संस्करणका लागि १२ नॉमिनेशनहरूको घोषणा गरेको छ। नेपाली उपन्यास ‘फत्सुङ’ यस वर्षका लागि नॉमिनेटेड १२ उपन्यासहरूमध्ये एक हो।
बैंक अफ बडोदा राष्ट्रभाषा सम्मान पुरस्कार, पुरस्कार-विजेता पुस्तकको मौलिक लेखक र हिन्दी अनुवादकलाई प्रदान गरिनेछ र साथै मा अर्को पाँच पुस्तकका लेखक र अनुवादक लाइ रु. ३.०० लाख र रु. २.०० लाख प्रदान गरिने छ। श्रीमती गीताञ्जली श्री, प्रसिद्ध लेखिका र बुकर पुरस्कार विजेता, पाँच सदस्यीय पुरस्कार निर्णायकको अध्यक्षता गर्ने छ। दार्जिलिङमा आयोजना गरिएको उक्त कार्यक्रममा लेखक श्री चुदेन काबिमो र अनुवादक सुश्री नम्रता चतुर्वेदीले प्यानल चर्चामा भाग लिएका थिए ।
फट्सुङले पहारी समुदायको आशा, आकांक्षा र सपनाको खोजी गर्दै भाषा र संस्कृतिलाई पार गर्दै मानवताको कथा सुनाउँछ। श्री सोनम छिरिङ भुटिया, क्षेत्रीय प्रमुख र महाप्रबन्धक, बैंक अफ बडोदाले भने, “‘बैंक अफ बडोदा राष्ट्रभाषा सम्मान’ पुरस्कार देशका विभिन्न भागका प्रतिभाशाली भारतीय लेखकहरूको लागि एक राष्ट्रिय प्लेटफर्म हो र यस पहलले भारतीय भाषालाई अझ बढावा दिनेछ साथै साहित्यिक अनुवादलाई प्रोत्साहन गर्छ।”