जी20 को दोस्रो आंटी-करप्शन वर्किंग ग्रुपको बैठक सुरु भयो

भारतको जी20 अध्यक्षता अन्तर्गत, जी-20 आंटी-करप्शन वर्किंग ग्रुपको दोस्रो बैठक मई 25 मा उत्तराखण्डको टिहरी, जिल्लाको, नरेन्द्र नगरमा, सुरु भयो। बैठकको उद्घाटन केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्टले गर्नु भएको थिए । यस बैठकमा जी20 सदस्य राष्ट्रहरू, 10 आमन्त्रित देशहरू र 9 अन्तर्राष्ट्रिय संस्थाहरूका 90 भन्दा बढी प्रतिनिधिहरू सहभागी थिए।

आंटी-करप्शन वर्किंग ग्रुपको पहिलो दिन, भ्रष्टाचारमुक्त विश्वका विषयमा चर्चा भएको थिए। बैठकमा, जी-20 को सह-अध्यक्ष इटालीका जिओभान्नी टार्टाग्लिया पोलासिनीले उद्घाटन सत्रमा आफ्नो मुख्य भाषण दिए। यस  बैठकलाई केन्द्रीय रक्षा राज्यमन्त्री अजय भट्टले पनि सम्बोधन गर्नु भएका थिए। उनले भ्रष्टाचारविरुद्धको लडाइमा विश्वव्यापी सहकार्यको आवश्यकतामा जोड दिनु भयो। उहाँले भ्रष्टाचार विरुद्ध अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जी20 भारतको प्रयास लाई प्रशंसा गर्नुभयो र सार्वजनिक क्षेत्रमा पारदर्शिता र जवाफदेहिता बढाउन आह्वान गर्नुभयो।

त्यसपछि, प्रतिनिधिहरूका लागि ” लुकिंग फॉर द जी 20 एप्रोच ऑन हॉर्मोनीज़िंग जेंडर सेंसिटिविटी  आंटी-करप्शन स्ट्रेटेजीज” शीर्षकमा एक कार्यक्रमको आयोजना गरिये को थियो। यसअघि, केन्द्रीय राज्यमन्त्री (स्वतन्त्र प्रभार), विज्ञान तथा प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री तथा कार्मिक तथा सार्वजनिक गुनासो राज्यमन्त्री डा जितेन्द्र सिंहले भने,”ऋषिकेशमा आयोजित, जी-20 कार्यक्रमको बैठकले भ्रष्टाचार विरुद्ध, शून्य सहनशीलता सुनिश्चित गर्नेछ र आर्थिक अपराधीहरू को विरुद्ध लड्ने भारतको संकल्पलाई दोहोर्याउँद छ। आंटी-करप्शन वर्किंग ग्रुपको पहिलो बैठक मार्च २०२३, गुरुग्राममा भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *