जी 20: तेस्रो पर्यटन कार्य समूह को बैठक श्रीनगरमा समाप्त भयो

जम्मू र कश्मीरको श्रीनगरमा आयोजित जी 20 पर्यटन कार्य समूहको तेस्रो बैठक मई 24 मा सम्पन्न भयो। यो बैठक, 2019 मा जम्मू र कश्मीरको विशेष दर्जा खारेज गरेपछि यस क्षेत्रमा आयोजना गरिएको पहिलो ठूलो अन्तर्राष्ट्रिय कार्यक्रम हो।यस  तीन दिने बैठकमा विभिन्न देशका ५३ प्रतिनिधि हरु सहभागी थिए।

तेस्रो पर्यटन कार्य समूह को दोस्रो दिन को बैठकलाई सम्बोधन गर्दै, जम्मू कश्मीरका लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हाले भने, “कश्मीर अब हरताल र ढुङ्गा मार्नेहरूको भूमि रहेन छैन, उपत्यकाको अवस्था सामान्य रहनेछ।” पाकिस्तानको आलोचना गर्दै उनले भने, “प्रशासन सीमापार आतंकवादलाई कुचल्न सफल भएको छ। केन्द्र शासित प्रदेशले नयाँ युगको साक्षी दिइरहेको छ जसले विकास, शान्ति र विकासका अपार सम्भावनाहरू खोलेको छ।”

लेफ्टिनेन्ट गभर्नरले भने, “श्रीनगरमा, जी20 देशहरूको लागि तेस्रो पर्यटन कार्य समूहको बैठकले, जम्मू र कश्मीरले पनि अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्न सक्छ भन्ने देखाउँछ र हामी कुनै पनि अन्तर्राष्ट्रिय कार्यक्रम आयोजना गर्न सक्षम छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *