भारतीय अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा आफ्नो दोस्रो विवाह गरेको खबरले आफ्ना फ्यानहरूलाई चकित पारेका छन्। उनले आसामकी उद्यमी रुपाली बरुआसँग विवाह गरेका छन् र आफ्नो विवाहलाई असाधारण अनुभूति भएको बताएका छन्। सुरुमा उनले बिहीबार बिहान कोर्ट म्यारिज गरे र त्यसपछि गेट टुगेदर र रिसेप्शन पनि भयो ।