सुपारीको रुख काट्ने विषयमा विवाद हुँदा भतिजाले काकामाथि बञ्चरो प्रहार गरेका छन्। घटनामा काकाको मृत्यु भएको छ। यो विषयलाई लिएर शीतलकुचीमा सनसनी फैलिएको छ। घटना शीतलकुची ब्लकको गोंसेरहाट ग्राम पञ्चायतको खरिजा धापको चतरा गाउँमा शुक्रबार बिहान भएको हो।स्थानीय र प्रहरी स्रोतका अनुसार काका आबिद अली मियाँको घर पछाडिको सुपारीको रुख काटेको विषयलाई लिएर गाउँका युवा सेराजुल मियाँसँग त्यस दिन चर्को झगडा भएको थियो। त्यही भएर सेराजुलले काकाको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। रगतले लतपतिएको आबिद भुइँमा लडेर स्थानीयवासीले उनलाई उठाएर माथाभाङ्गा डिभिजन अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतकको शव पोष्टमार्टमका लागि पठाइएको छ। घटनामा भतिजा पक्राउ परेका छन्। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
Related Posts
प्रधाननगर प्रहरी चौकीले लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ
- Priyanka Bhowmick
- February 15, 2023
- 0
सिलगढी जंक्शन स्थित पाटी कोलोनी पुल मुनिबाट सादा वर्दीमा प्रधान नगर थानाको पुलिसले लुटपाट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।लौटको आरोपमा सिलगढी महानगरको प्रधाननगर […]
नितिन गड़करीद्वारा उत्तर बंगालमा सड़क परियोजनाहरूको घोषणा
- Editor
- February 5, 2022
- 0
केन्द्रिय सड़क परिवहन अनि राजमार्गमन्त्री नितिन गड़करीले उत्तर बंगालका लागि व्यापक सड़क विकास परियोजनाहरूको घोषणा गरेका छन् । शुक्रवार गड़करीले नयाँ दिल्लीमा एउटा भर्चुअल पत्रकार […]
गुणस्तरहीन भएको गुनासो आएपछि पीडब्लुडी विभागका अधिकारीले सडक निर्माण कार्यको निरीक्षण गरेका थिए
- Piyali Poddar
- May 14, 2024
- 0
सडक निर्माण गुणस्तरहीन भएको गुनासो आएपछि सडकको काम रोकिएको हो । यसपछि आज काम गुणस्तरहीन भएको गुनासो आएपछि सार्वजनिक निर्माण विभागका अधिकारीले सडकको निरीक्षण गरेका […]