सार्वजनिक प्रयोगका लागि साइनोफार्मले विकास गरेको खोप स्वीकृत

चीनले सरकारी स्वामित्व रहेको औषधि उत्पादक साइनोफार्मले तयार पारेको कोरोनाभाइरस विरुद्धको एउटा खोपलाई सार्वजनिक प्रयोगका लागि सशर्त स्वीकृति दिएको छ।

उक्त कम्पनीले तेस्रो चरणको परीक्षणका क्रममा खोप ७९ प्रतिशत प्रभाकारी देखिएको जनाएको भोलिपल्ट चिनियाँ निकायहरूले प्रयोगका लागि खोप स्वीकृत गरेका हुन्।चीनमा अन्तिम चरणको परीक्षणकै क्रममा रहेका विभिन्न खोपहरूलाई आपतकालीन रूपमा प्रयोग गरिराखिएको छ।सन् २०१९ को डिसेम्बरमा चिनियाँ सहर वुहानबाट कोरोनाभाइरस महामारी सुरु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *