अमेरिकामा पनि देखियो नयाँ स्वरूपको कोरोना

अमेरिकामा पनि नयाँ स्वरूपको कोरोना भाइरस भेटिएको पुष्टि भएको छ । कोलोराडोका एक युवकमा नयाँ प्रकारको कोरोना भाइरस देखिएको बीबीसीले जनाएको छ । उनलाई अहिले आइसोलेसनमा निगरानीमा राखिएको छ ।

अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार उनको सम्पर्कमा आएकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ । अधिकारीहरूले अमेरिकामा नयाँ स्वरूपको कोरोना फैलिइसकेको आशंका व्यक्त गरेका छन् ।

कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा अहिलेसम्म १ करोड ९५ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ भने ३ लाख ३८ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । अमेरिकामा फाइजर र बायोएनटेकले संयुक्त रुपमा बनाएको र मोडर्नाको कोरोना खोप आपत्कालीन प्रयोगमा आइसकेको छ ।

बेलायतमा पहिलो पटक देखिएको कारोना भाइरसको नयाँ प्रकार विश्वभर फैलने क्रम जारी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार उक्त भाइरस हालसम्म अमेरिका, डेनमार्क, नेदरल्यान्ड्स, अस्ट्रेलिया, स्विडेन, स्विट्जरल्यान्ड, जर्मनी, क्यानडा, जापान, फ्रान्स, लेबनान, सिंगापुर, दक्षिण कोरिया, भारत, पाकिस्तानलगायत देशमा पुष्टि भइसकेको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *