‘महामारीको समयमा मानिसहरूले योगको महत्व सिक्न थाले ‘

आयुष  मन्त्री श्रीपाद वाई नाइकले महामारीको समयमा कोविड -१९ ले  निम्ताएको  पहल साथै  मानव समाज प्रति १०२ वर्ष सम्म आफ्नो योगदान गरे बापत योग संस्थान मुम्बईको प्रशंसा गरे । उनले भने कि कोविड -१९  महामारीको समयमा योगले मानिसहरूलाई उनीहरूको शारीरिक मात्र नभई उनीहरूको मानसिक स्वास्थ्य पनि प्रबन्ध गर्न मद्दत गरेको छ। योग संस्थानको १०२ बर्षको समापन समारोह मनाउन आयोजित भर्चुअल बैठकमा मन्त्री मुख्य अतिथि को रूपमा  थिए। उनले TYI ध्यान एयाप निस्पांडा पनि परिचय गराउनु भो । उनले भने ” यो एयाप तपाईंको हातको हत्केलामा थमाइएको ध्यान हो”

विश्वका मानिसहरुलाई १०२ बर्षको उत्कृष्ट सेवा प्रदान गरेको सन्दर्भ मा  योग संस्थानलाई बधाई दिँदै मन्त्रीले भने, योग भारत भारतले  विश्वलाई दिएको एक उपहार हो र योग संस्थानले यसलाई ध्यानपूर्वक मानिसहरु माझ पुर्याउने एउटा सुन्दर काम गरेको छ।.मन्त्री नाइकले भने कि कोविड  महामारीको समयमा मानिसहरूले योगको वास्तविक मूल्य सिक्न थाले। योगले मानिसहरूलाई उनीहरूको शारीरिक स्वास्थ्य र प्रतिरोधात्मक क्षमता मात्र नभई मानसिक र भावनात्मक सुस्वास्थ्य पनि प्रबन्ध गर्न मद्दत गरेको छ ।

यस अवसरमा योग संस्थानका निर्देशक डाक्टर हन्स जे योगेन्द्र ज्युले भन्नु भयो  “योग संस्थान जहिले पनि सम्पूर्ण भारत र विश्वभरि को बढी भन्दा बढी मानिसहरू को घर-गृहस्थ मा योग पुर्याउन का  लागि प्रतिबद्ध रहेको छ र हाम्रो संस्थापक योग गुरु श्री योगेन्द्रजी को नेतृत्वमा योगीहरूको तीन पुस्ताको दर्शन र प्रयासका कारण १०२ बर्षको जीवन रूपान्तरण गर्ने हाम्रो यात्रा सम्भव भएको छ। आज जब हामी हाम्रो १०३औं वर्षमा प्रवेश गर्छौं, हामीले निस्पांडा ध्यान ध्यान  शुरु गरेका छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *