कुचबिहार हरिजनपल्लीको खाली जग्गामा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाएको विरोधमा ज्ञापनपत्र

कुचबिहार नगरपालिकाले नगरपालिकाको वार्ड नम्बर ११ को हरिजन पल्ली क्षेत्रमा खाली जग्गामा स्वास्थ्य केन्द्र निर्माण गरिरहेको छ। नगरपालिकाको यो योजना विरुद्ध हरिजनपल्ली क्षेत्रका बसफोर समाजले मंगलबार जिल्ला पुलिस कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । उनीहरुको क्वार्टर नजिकैको जग्गा नगरपालिकाले स्वास्थ्य केन्द्र बनाउन खोजेको उनीहरूको गुनासो छ । राजाको पालामा यस क्षेत्रमा हरिजन समुदायको बसोबास थियो। ती ठाउँका केही स्थानमा नगरपालिकाले उनीहरूका लागि क्वार्टर बनाएको छ। त्यहाँ केही खाली जग्गा छ।त्यो जग्गा उनीहरूले बाल-बालिकाको खेलकूददेखि लिएर सामाजिक कार्यक्रमहरूसम्मका लागि प्रयोग गर्छन् । नगरपालिकाले उक्त जग्गा अतिक्रमण गरेको विरोधमा आज जिल्ला अधिकारीको कार्यालयमा ज्ञापनपत्र बुझाइएको समाजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *