राजगञ्ज पुलिस स्टेशन र जलपाईगुडी जिल्लाका ट्राफिक पुलिस अधिकारीहरूले ओआरएसको साथमा चिसो पेय पदार्थ वितरण गरे। चर्को गर्मीमा पैदलयात्रु र लामो दुरीका सवारीसाधन चालकको कष्ट कम गर्न ओआरएससहितको चिसो खानेपानी वितरण गरिएको हो। यो कार्यक्रम सिलगढी-जलपाईगुडी राष्ट्रिय राजमार्गको हातिमोडमा आयोजित गरिएको थियो। कार्यक्रममा राजगञ्ज पुलिस थानाप्रमुख पंकज सरकार, ट्राफिक ओसी अतुल दास लगायत अन्य पुलिस कर्मचारीहरुको उपस्थिति रहेको थियो। चर्को गर्मीको कारणले चालकहरु बिरामी पर्ने गरेको आईसीले जनाए। उनले भने-यो चर्को गर्मीको कारण चालकहरु अस्वस्थ भयोभने राष्ट्रिय राजमार्गमा दुर्घटना पनि निम्त्याउन सक्छ। त्यसैले शरीरलाई स्वस्थ राख्न ओआरएस पानीमा मिसाएर सेवन गर्नुपर्छ। त्यसैले चालकहरूलाई चिसो पेय पदार्थ उपलब्ध गराइयो। यसका साथै सावधानीपूर्वक सवारी चलाउन चेतावनी समेत दिइएको छ।
पुलिसको तर्फबाट चालक र यात्रुहरूलाई ओआरएस र चिसो पेय वितरण
