किरणचन्द्र श्मशानघाटमा शवदाहका लागि दोस्रो विद्युतीय भट्टी उद्घाटन

सिलगढी शहरले शवदाहका लागि दोस्रो विद्युतीय भट्टी पाएको छ। जसका कारण शवदाहका लागि श्मशानघाटमा लाइन बस्नु पर्नेछैन र समयको बचत हुनेछ। पूर्व शहरी विकास मन्त्री अशोक भट्टाचार्यको पहलमा सिलगढीमा किरणचन्द श्मशानघाट विद्युतीय भट्टी निर्माण गरिएको थियो। त्यससमय शवदाह प्रक्रिया दुई भट्टीबाट शुरु भएको थियो। पछि, एउटा भट्टी बिग्रिएपछि एउटै भट्टीबाट मात्र शवदाह गर्ने काम जारी रह्यो। जसका कारण, दाह-संस्कार गर्न आएकाहारुले लामो समयसम्म पर्खिनु परिरहन्थ्यो। यसमा सबैले असुविधाको सामना गर्नुपरेको थियो। अर्कोतर्फ,शवदाहको दबाव कम गर्न एसजेडीएले साहुडांगीमा एउटा वैकल्पिक भट्टीको निर्माण गरेको थियो। यसपटक,नगरपालिकाले शवदाहको दबाव पूर्णरूपमा न्यून गर्न सिलगढीमा नयाँ भट्टी निर्माणको कार्य सम्पन्न गरेको छ। सोमबार सिलगढी नगर निगमका मेयर गौतम देवले किरणचन्द्र श्मशान गृहमा दोस्रो शवदाह गृहको उद्घाटन गरे। उक्त अवसरमा उपमेयर रञ्जन सरकार, आयुक्त सोनम वाङ्दी भुटिया, अध्यक्ष प्रतुल चक्रवर्ती, वडा नं. १ का पार्षद सञ्जय पाठक लगायत नगरपालिकाका पदाधिकारीहरुको उपस्थिति रहेका थिए।मेयर गौतम देवले भने, ‘जनताको मागअनुसार १ करोड ५३ लाखको लागतमा यो भट्टी निर्माण गरिएको हो, केही थप काम बाँकी छन्, छिट्टै सम्पन्न हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *