मोबाइल टावर जडानको विरोधमा स्थानीयले विरोध गरेका छन्

सिलगढीको माथिल्लो शान्तिपारा क्षेत्रमा मोबाइल टावर जडान गरेको विरोधमा स्थानीयले विरोध प्रदर्शन गरेका छन्। सो क्षेत्रमा बहुतले मोवाइल टावर जडान गर्ने काम सुरु भइसकेको बताइएको छ।

तर, विगत तीन महिनादेखि स्थानीयले यसको विरोध गर्दै आएका छन्। यो क्षेत्र जनघनत्व भएको उनीहरुको आरोप छ। यो मोबाइल टावर यहाँ बनेमा दुर्घटना हुनसक्छ, सर्वसाधारणलाई धेरै शारीरिक समस्या हुने भएकाले यसको विरोध भइरहेको छ। त्यो काम लामो समयदेखि बन्द थियो।

तर, आजबाट काम सुरु भएपछि उनीहरुले विरोध जनाएका छन्। घटनाको जानकारी प्राप्त हुने बित्तिकै नयाँ जलपाईगुडी थानाको पुलिस घटनास्थलमा पुग्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *