सिलगढीको एक मलमा आइसक्रिमको बिललाई लिएर विवाद

पसलका कर्मचारीमाथि धारिलो हतियार प्रहार गरेको आरोपमा दुई भुटानी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरुको नाम महेन्द्र चिमोरिया र कर्मा थिन्ले रहेको छ। भुटानको थिमपुर निवासी पक्राउ। आइतबार सिलगढी महानगरपालिकाको भक्तिनगर प्रहरी थानाले अदालत पठाएको थियो। शनिबार दुईजना भुटानी नागरिक सिलगढीको सेवक रोडमा रहेको सपिङ मलमा आइसक्रिम खान गए र आइसक्रिम खाएपछि बिललाई लिएर विवाद भएको थियो। सोही क्रममा दुवै जनाले पसलका कर्मचारीमाथि आक्रमण गरेको आरोप छ। घटनामा पसलका कामदार घाइते भएका छन् भने उनलाई अस्पताल लगिएको छ। घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी भक्तिनगरको टोली घटनास्थलमा पुगेर दुईजना भुटानी नागरिकलाई पक्राउ गरेको छ।

By Priyanka Bhowmick

Leave a Reply

Your email address will not be published. Required fields are marked *