राजमार्गमा दुर्घटना हुँदा एकै परिवारका ४ जनाको मृत्यु, ३ घाइते

माथाभाङ्गा जमलदाह राज्य राजमार्गमा भएको भीषण सडक दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। घटनामा अन्य तीन जना गम्भीर घाइते भएका छन्। स्थानीय स्रोतका अनुसार गए राति करिब १२ बजे टोटोमा प्रदेश राजमार्ग नं १६ माथाभाङ्गा जमलदाहस्थित गोपालपुर ग्राम पञ्चायतको प्याकर तारी क्षेत्रबाट सात यात्रु जमलदा जाँदै थिए। ४० वर्षीया बसन्ती बर्मनको घटनास्थलमै मृत्यु भएको हो। घाइतेलाई सुरुमा जमलदाह अस्पताल पुर्‍याउँदा चिकित्सकले ३५ वर्षीया मेनका बर्मन, १२ वर्षीया मानसी बर्मन र ३२ वर्षीया अनिता बर्मनलाई मृत घोषणा गरेका थिए। यस भीषण सडक दुर्घटनामा परी गम्भीर घाइते भएका ४० वर्षीय प्रशान्त बर्मनसहित ९ वर्षीय दुई बालबालिका अभिजित बर्मन, रवि बर्मनको उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *