सिलगढीको एक होटलमा राति आगलागी हुँदा एक जनाको मृत्यु भएको छ

सिलगढीको हिलकार्ट रोडस्थित सेवक मोड इलाकामा रहेको एक खाना होटलमा राति भीषण आगलागी भएको छ। घटनामा होटलमा राखिएका सबै सामान जलेर खरानी भएको छ। होटल नजिकैका अन्य पसलमा पनि क्षति पुगेको छ। आगलागीको जानकारी पाएपछि सिलगढी दमकल केन्द्रबाट दुईवटा दमकल आए र धेरै प्रयास पछि आगो नियन्त्रणमा ल्याइयो। यद्यपी आगलागीको वास्तविक कारण भने खुल्न सकेको छैन। सर्ट सर्किटबाट आगलागी भएको हुन सक्ने अग्नि नियन्त्रकको प्रारम्भिक अनुमान छ।

तर, होटल भित्र रहेको ग्यास सिलिन्डर पड्किएपछि आगो छिटो फैलिएको थियो। अर्कोतर्फ, यस घटनाको खबर पाएर सिलगढीका मेयर गौतम देव र मेयर परिषद् माणिक डे शुक्रबार बिहान घटनास्थल पुगेका थिए। यस घटनामा एक जनाको मृत्यु भएको बताइएको छ। मृतकको नाम परिमल दास हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *