अभिनेत्री कियारा आडवाणी र सिद्धार्थ मल्होत्राको विवाह राजस्थानमा हुने, १०० पाहुनाका लागि ८० कोठा ७० लक्जरी कार बुक

अभिनेता सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी फेब्रुअरी ६ मा विवाह बन्धनमा बाँधिदैछन्, उनीहरुको विवाहको योजनाको बारेमा केहि विवरणहरू प्रकाशमा आएका छन्। पछिल्लो रिपोर्ट अनुसार, विवाह निजी र व्यक्तिगत तर भव्य समारोह हुनेछ।

उक्त समारोहमा करिब सयदेखि एक सय २५ पाहुना र दुईको परिवारका साथै बलिउडका इशा अम्बानी, मनिष मल्होत्रा ​​र करण जोहर जस्ता केही नजिकका साथीहरू सहभागी हुने बताइएको छ । जैसलमेरको एक लक्जरी प्यालेसमा करिब ८० कोठा फाइनल भइसकेकाले प्रबन्धहरू तीव्र गतिमा भइरहेका छन्।

पाहुनालाई आवतजावत गर्नका लागि करिब ७० वटा लक्जरी कार पनि बुक गरिएको छ । यो पनि थपिएको छ कि अंगरक्षक र सुरक्षाकर्मीहरू फेब्रुअरी 3 मा जैसलमेर आउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *