हात्तीको आक्रमणबाट अर्का निर्दोषको मृत्यु भएको छ । मृत्यु हुनेको नाम कालीपद बाओरी (४०) रहेको छ । घटना बुधवार बांकुराको बेलियाटोर रेन्जको वृन्दबनपुरको सगरकाटा गाउँमा भएको हो। स्थानीय श्रोतका अनुसार कालीपद बाओरी अरु दिनहरु जस्तै घर नजिकको जंगलमा गएका थिए । यसैबीच हात्तीले उनीहरुमाथि आक्रमण गरेको थियो उनलाई गाउँलेहरुले उद्धार गरी बाँकुरा सम्मिलानी मेडिकल कलेज र अस्पताल पुर्याएका थिए, जहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । माघ १० गते राति पनि बेलियाटोर र बर्जोरा थाना क्षेत्रका दुई गाउँमा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो । जसका कारण यस क्षेत्रमा वन विभागको भूमिकामाथि प्रश्न उठेको छ । खबर पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थल पुगेका थिए ।
Related Posts
ट्राफिक अनि कोविड मुक्त बनाउने अभियान
- Editor
- July 9, 2021
- 0
: बंगाललाई कोरोना अनि ट्राफिक मुक्त बनाउने अभियानलाई अघि बडाउदै दार्जीलिङ सदर ट्राफिक पुलिसले आज सेफ लाइफ सेव ड्राइभ कार्यक्रम गन्यो । यस कार्यक्रममा ट्राफिक […]
जुटले भरिएको घरमा आगलागी, इलाकामा हलचल
- Priyanka Bhowmick
- November 23, 2022
- 0
धुपगुडी ब्लकको कलिरहाट बजार विद्यालय पाडा क्षेत्रमा जुटले भरिएको एउटा घरमा अचानक आगलागी हुँदा सम्पूर्ण क्षेत्रमा हलचल मच्चियो। आगलागी भएको थाहा पाएलगत्तै स्थानीयले आगो निभाउने […]
वडा नम्बर १२ मा नाली सफाइका क्रममा मानव खप्पर फेला परेको छ
- Priyanka Bhowmick
- March 21, 2023
- 0
नगरको नाला सफाइका क्रममा मानव खप्पर फेला परेको छ। घटना सिलगढी नगरपालिकाको १२ नम्बर वडाको हो। यसबारे सिलगढी थाना प्रहरीलाई जानकारी गराइएको थियो। प्रहरी आएर […]