पुस १८ सम्म संसद् अधिवेशन बोलाउनै पर्ने बाध्यता छ : सभामुख सापकोटा

सभामुख अग्निप्रसाद सापकोटाले पुस १८ गतेभित्र संघीय संसद्को हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता रहेको बताएका छन् ।

१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा सभामुखले बाध्यात्मक व्यवस्थाअनुसार संसद अधिवेशन आह्वान हुनेतर्फ संकेत गर्दै त्यसका लागि तयार रहेको बताएका हुन् ।

‘संवैधानिक रुपमा पनि पुस १७-१८ गतेसम्म संसद् अधिवेशन बोलाउनैपर्ने बाध्यता रहेको छ,’ आइतबार संसद भवन बानेश्वरमा आयोजित कार्यक्रममा सभामुख सापकोटाले भने, ‘अबको अधिवेशन नयाँ ढंगले चलाउने हो ।’

कोरोना भाइरसको संक्रमणका कारण संसद् अधिवेशन प्रभावित नहोस् भनेर संसद् सचिवालयले तयारी गरेको सभामुख सापकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *