सिलगढी यातायात विभाग द्वारा कम्बल वितरण र निःशुल्क आँखा जाँच शिविर आयोजित

सिलगढी ट्राफिक विभाग द्वारा कम्बल वितरण र नि:शुल्क आँखा जाँच शिविर आयोजित गरिएको थियो। सिलगढी महानगरीय प्रहरी ट्राफिक विभागको पहलमा मंगलबार भक्तिनगर ट्राफिक कार्यालय परिसरमा गरिब र खाँचोमा परेका मानिसहरूलाई कम्बल वितरण गरिएको थियो। साथै निशुल्क आँखा जाँच शिविर समेत आयोजना गरिएको थियो । सो अवसरमा प्रहरी आयुक्त अखिलेशकुमार चतुर्वेदी (आईपीएस), प्रहरी नायब उपायुक्त (ट्राफिक) अभिषेक गुप्ता (आईपीएस), अतिरिक्त प्रहरी उपायुक्त श्रीमती पूर्णिमा शेर्पा (डब्लुबीपीएस), प्रहरी सहायक आयुक्त ट्राफिक (पूर्व) पासाङ तपगे भुटियाको उपस्थिति थियो । कार्यक्रममा भक्तिनगर प्रहरी चौकीका इन्चार्ज इन्स्पेक्टर अमरेश सिंहलगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *