अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडनले आफूले पद सम्हालेको पहिलो एक सय दिनमा १० करोडलाई खोप दिइसक्ने लक्ष्य राखेको बताएका छन्।
उनले आफ्नो कार्यकालका सुरुवाती महिनामा महामारी अन्त्य नहुने तर आफूले त्यसबिचमा कोभिड-१९ को बाटो भने मोड्ने बताए।उनले आफ्ना रणनीतिबारे थप बताएका छैनन्।
२० ज्यानुअरीमा कार्यकाल सुरु गर्दाका लागि उनको साथमा हुने आफ्नो स्वास्थ्य कार्यदललाई परिचय गराउँदै बाइडनले अमेरिकीलाई ‘१०० दिनसम्म मास्क लगाउन’ आग्रह गरे।