कामको पैसा मागेको भन्दै राजस्थानमा दलितलाई कुटपिट, पिसाब पिउन लगाइएको छ

राजस्थान राज्य, सिरोही जिल्लाका एक हरिजन (अछूत) इलेक्ट्रीशियनलाई उसको कामको भुक्तानी मागेको भन्दै कुटपिट, पिसाब पिउन र जुत्ताले माला लगाइयो, प्रहरीले भने। पीडितले रोक्न बिन्ती गर्दा पनि एक आक्रमणकारीले हिंसा रेकर्ड गरेको थियो।

यो भिडियो पछि अपराधीहरुले सामाजिक सञ्जालमा शेयर गरेका थिए ।

“भरत कुमार (३८)ले मंसिर २३ गते तीन जनाविरुद्ध एफआइआर दर्ता गराएका थिए। कुमारले केही क्षतिग्रस्त तार मर्मत गरेर २१ हजार १ सय रुपैयाँको बिल बनाएका थिए। उनलाई ५ हजार मात्रै तलब दिइएको थियो । मंसिर १९ गते दिउँसो ढाबामा गएर बाँकि रकम मागेका थिए । तर उनलाई रिसाउँदै राति ९ बजे आउन भनियो । राति करिब ९ः१० बजे फर्किएपछि उनलाई पर्खन भनिएको थियो र अन्तमा पैसा नतिरिकन फिर्ता पठाइएको थियो । त्यसपछि उनी एफआईआर दर्ता गर्न डराए” सिरोहीका डीएसपी दिनेश कुमारले मिडियालाई भने।

घटनामा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *