बीजेपीले जलायो उदय गुहाको पुत्ला, उदयनले दियो केन्द्रीय मन्त्री निशित प्रामानिकविरुद्ध विवादास्पद अभिव्यक्ति

कूच बिहार जिल्ला बीजेपी कार्यकर्ताहरूले शुक्रबार तृणमूल मन्त्री उदयन गुहाको केन्द्रीय गृह राज्यमन्त्री निशित प्रामानिकलाई दाह्री र जुँगा खौर्ने चेतावनीको विरोध गरे। राज्यमन्त्री उदयन गुहाको भनाइको विरोधमा आज भाजपा समर्थकहरूले र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीहरुले उदयन गुहाविरुद्ध नाराबाजी गर्दै उनको पुत्ला दहन गरेका थिए ।

उल्लेखनीय छ कि केही दिन अघि दिनहाटाका विधायक तथा उत्तर बङ्गाल विकास मन्त्री उदयन गुहाले निशित प्रामानिकलाई आगामी लोकसभा चुनाव जितेपछि निशित प्रामाणिकको दाह्री र जुँगा उखेलिने चेतावनी दिएका थिए । केन्द्रीय मन्त्रीबारे उदयन गुहाको यस्तो अभिव्यक्तिपछि जिल्लाभर राजनीतिक हलचल चर्किएको छ । जसको भाजपाले चर्को विरोध गरिरहेको छ ।

By Editor

Leave a Reply

Your email address will not be published. Required fields are marked *