फुटबल गडको प्रयाण

तेजिला, दुर्नाम, असाधारण, प्रतिभाशाली, उद्दण्ड। म्याराडोना अर्थात् दोषयुक्त फुटबलका प्रतिरूप।प्रतिभावान् फुटबल खेलाडीमध्येका एक डिएगो म्याराडोनामा कुशलता, रबाफ, आकर्षण, दूरदर्शिता र गतिको दुर्लभ संयोजन थियो। ती गुण देखेर प्रशंसकहरू मन्त्रमुग्ध हुन्थे।

उनी अनेकौँ विवादमा परे।लागुपदार्थ दुर्व्यसनमा परे र मैदानबाहिर निजी सङ्कटको दलदलमा पनि फसे।

उनी ६० वर्षअघि आर्जेन्टिनाको राजधानी बोएनोस आइरिजको गरिब बस्तीमा जन्मिएका थिए।

छानो उमेरमै गरिबीबाट मुक्त भएर म्याराडोना फुटबलका सुपरस्टार बने जसलाई कतिपयले ब्राजिलका पेलेभन्दा पनि महान् ठान्ने गर्छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *