पछिल्लो २४ घण्टामा थपिए २५ सय ७१ कोरोना संक्रमित, १७ सय ९८ डिस्चार्ज

पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ५ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोमबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर १ हजार ७ सय ९८ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५९ हजार ७ सय २४ जना पुगेको छ । याेसँगै नेपालमा सक्रिय संक्रमितकाे संख्या ३६ हजार १ सय ७४ जना रहेकाे छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १ सय ७७ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ । हालसम्म पीसीआर विधिबाट १५ लाख ५१ हजार २ सय ५४ परीक्षण भएका छन् । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३६ हजार १ सय ७४ जना छन् भने ९ सय ६७ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *