नेकपा फुट्ने हल्ला निराधार : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जस्तोसुकै अवस्था आए पनि नेकपा नफुट्ने बताएका छन् । ग्रामथान गाउँपालिकामा शुक्रबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री राईले नेकपा फुट्ने हल्ला निराधार रहेको बताएका हुन् ।

‘चिराचिरा परेर विभाजित भएका कम्युनिस्ट पार्टीहरु राष्ट्र निर्माण गर्ने पवित्र उद्देश्यले एकीकरण भएको छ,’ उनले भने, ‘त्यसैले नेकपा फुट्ने हल्लाको पछाडि लाग्नु हुँदैन ।’ राष्ट्र निर्माण विरोधी शक्तिहरुले देश र विदेशमा नेकपा फुट्ने निराधार हल्ला फैलाएको उनले सुनाए ।

प्रदेशलाई समृद्ध प्रदेश निर्माणका लागि दीर्घकालिन ठूला योजनाहरु ल्याएर काम भइरहेकाले चाँडै प्रतिफल प्राप्त हुने मुख्यमन्त्री राईको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *