वी ले युवाहरूलाई रोजगारी र स्किल्लिङ अवसरहरू प्रदान गर्दछ

भारतको अग्रणी टेलिकम अपरेटर वी ले भारतका युवाहरूलाई रोजगारी खोज्न, थप रोजगारी योग्य बन्न र सरकारी जागिरको लागि तयारी गर्न मद्दत गर्नका लागि प्रस्तावहरूको सेट घोषणा गरेको छ। वी जॉब्स एण्ड एजुकेशन ले भारतको सबैभन्दा ठूलो जॉब सर्च प्लेटफर्म ‘अपना’, प्रमुख इंगलिश टीचिङ प्लेटफर्म ‘एनगुरु’ र ‘परीक्षा’ सरकारी रोजगार परीक्षा तयारीमा विशेषज्ञता दिने प्लेटफर्महरुलाई एकीकृत गर्दछ। बीसीजी र माइकल एण्ड सुसान डेल फाउण्डेसनको संयुक्त प्रतिवेदन अनुसार – ‘अनलकिङ द पोटेन्सियल अफ द गिग इकोनोमी इन इन्डिया’ ले नान-फार्म सेक्टरमा मात्र ९० मिलियन रोजगारी दिन सक्छ।

रोजगार खोजी, अंग्रेजी शिक्षा र सरकारी जागिरहरूको लागि तयारी यो वी एपमा वी जॉब्स एण्ड एजुकेशन मार्फत सजिलो बनाइएको छ। एनगुरुले एक्सपर्ट्सहरु द्वारा सण्चालित असीमित अन्तरक्रियात्मक लाइभ क्लासहरु सँग १४ दिन को नि: शुल्क परीक्षण प्रदान गर्दछ। विद्यार्थीहरूले परीक्षण अवधि पछि १५% देखि २५% छुट मूल्यमा प्लेटफर्मको साथ जारी राख्न सक्छन्। परीक्षा ले १५०+ परीक्षाहरूमा एक महिनाको निःशुल्क मेम्बरशिप र असीमित मॉक टेस्टहरू प्रदान गर्दछ। यी तीनवटा प्रस्तावहरू आफ्ना प्रयोगकर्ताहरूलाई फस्टाउन र अगाडि रहन मद्दत गर्नका लागि रेलिभेण्ट डिजिटल ऑफरिङगहरू क्युरेट गर्ने वी को रणनीति अनुरूप छन्। अपना.को का सीईओ र फाउण्डर निर्मित पारिखले भने, “हामी हाम्रो देशका युवाहरूलाई उनीहरूको वरपरका हाइपर लोकल अवसरहरूमा सजिलो पहुँच प्रदान गरी डिजिटल रूपमा सशक्तिकरण गर्न वी जस्ता टेलिकम प्रोभाइडरसँग साझेदारी गर्न पाउँदा हर्षित छौं।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *