जो बाइडेनले युक्रेनको भ्रमण नगर्ने

अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी आक्रमणको सामना गरिरहेको युक्रेनको भ्रमण नगर्ने भएका छन् । ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले बाइडेनले युक्रेन भ्रमण गर्ने कुनै योजना नरहेको बताएकी हुन् ।

यसअघि अमेरिकी सञ्चारमाध्यममा राष्ट्रपति बाइडेनको प्रशासनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल त्यसतर्फ पठाउन लागेको समाचार सार्वजनिक भएको थियो । उक्त उच्चस्तीय प्रतिनिधिमण्डलमा उपराष्ट्रपति कमला ह्यारिस, विदेशमन्त्री एन्टोनी ब्लिन्केन वा रक्षामन्त्री लोयड अस्टिन सहभागी हुन सक्ने बताइएको थियो ।

‘होइन, हामीले राष्ट्रपतिलाई युक्रेन पठाउँदैनौँ’ साकीलाई उद्धृत गर्दै अमेरिकी अनलाइन समाचार पोर्टल पोलिटिकोका लागि ह्वाइट हाउसका संवाददाता युजिन डानियल्सले जनाएका छन् । ‘पोड सेभ अमेरिका’ नामक पोडकाष्टमा उनले यस्तो जानकारी दिएको ट्विटरमार्फत डानियल्सले जनाए ।

रुसी आक्रमणका बावजुद विभिन्न मुलुकका शीर्ष नेताहरुले पछिल्लो समय युक्रेनको भ्रमणलाई तीव्र बनाएका छन् । बुधबारमात्र पोल्याण्ड, लिथुएनिया, इस्टोनिया र लात्भियाका राष्ट्रपतिहरुले युक्रेनको राजधानी किभको भ्रमण गरी युक्रेनी समकक्षी जेलेन्स्कीसँग भेटवार्ता गरेका थिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *