यशोदा हॉस्पिटल्सले सिलगढीमा ओपीडी क्लिनिकको ३ वर्ष पूरा गरेको छ

यशोदा हस्पिटल हैदरावाद, हेल्थ केयर सर्विसहरूमा नवीनतम उपलब्ध गराउन अग्रगामी भएकोले, सिलगढीमा ३ वर्षदेखि आउटरिच सुपर-स्पेशलिटी क्लिनिकहरू सञ्चालन गर्दै आएको छ। यशोदा मेडिकल सेण्टरका ओपीडीहरूले ग्यास्ट्रो, न्यूरोलोजी, अर्थोपेडिक्स, यूरोलोजी, ओन्कोलोजी, नेफ्रोलोजी, पल्मोनोलोजी, र कार्डियोलोजी जस्ता विशेषताहरूको दायरालाई समेट्छ। थप रूपमा, प्रधान नगर क्लिनिकको यशोदा मेडिकल सेण्टरले टेलिमेडिसिन सेवाहरू प्रदान गर्दछ जसले बिरामीहरूलाई तिनीहरूको हैदरावादको हॉस्पिटलहरूमा सबै सुपर स्पेशलिस्टहरूसँग चौबीसै घण्टा सीधा सम्पर्क गर्न अनुमति दिन्छ। उत्तर बङ्गालको सिलगढी निवासी श्री विश्वनाथ बर्मन लामो समयदेखि छाती दुख्ने र सास फेर्न समस्याबाट पीडित थिए।

त्यसपछि उहाँले सिलगढी ओपीडीका कण्सल्टेण्ट कार्डियोलोजिस्ट डा. जगदेश मदिरेड्डीलाई भेट्नुभयो जहाँ उहाँलाई मुटुको समस्या र एब्डॉमिनल एओर्टा समस्या भएको पत्ता लागेको थियो। श्री बर्मन त्यसपछि यो रोगबाट निको हुन उत्तर-बङ्गालदेखि हैदरावादको यशोदा हॉस्पिटल गए। डाक्टरले एन्जियोग्राफी र सीटी स्क्यान सहितको गहन जाँचपछि एब्डोमिनल एन्युरिज्म र तीनै ब्लड भेसलमा ब्लक पत्ता लगाए। श्री बर्मनको सिर्जरी गरियो जसमा डाक्टरहरूले सीएबीजी (फेमोरल बाइपास सर्जरी) र एबडोमिनल एओर्टिक भल्भ मर्मत गरे। उनी अहिले पूर्ण रूपमा निको भइसकेका छन् र यशोदा हॉस्पिटलमा नियमित फलोअपमा छन्। यशोदा हॉस्पिटलका डायरेक्टर डा अभिनव गोरुकान्तिले हामीलाई जानकारी दिनुभयो कि उनीहरूले यी क्षेत्रहरूमा विभिन्न हेल्थ केयर प्रदायकहरूसँग टेलिमेडिसिन, टेलिराडियोलोजी, र टेलि आईसीयू सुरु गर्नका लागि टेक्नोलजीहरू प्रयोग गरेर दुर्गम क्षेत्रहरूमा गुणस्तरीय हेल्थ केयर पुर्‍याउनका लागि पार्टनरशीप गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *