राजधानीको वायु ‘अति प्रदुषित’ अवस्थामा

राजधानी नयाँदिल्ली सहरको वायु अति प्रदुषित अवस्थामा पुगेको छ ।दिल्ली प्रदुषण नियन्त्रण समितिले मंगलबार दिएको जानकारीअनुसार नयाँदिल्लीको वायुमण्डलमा प्रदुषणको अवस्था दिनप्रतिदिन बढ्दै गएको देखिएको छ ।

रोहिणीमा ३४६, आरके पुराममा ३२९, आनन्द विहारमा ३७७ र मुँड्कामा ३६३ वायु गुणस्तर सूचक (एक्वुआई) रहेको समितिले जनाएको छ । यो सूचकले चार ओटै ठाउँको अवस्था अति प्रदुषित देखाएको अधिकारीहरुले जनाएका छन् ।

वायु गुणस्तर सूचक शून्यदेखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म प्रदुषित, ३०१ देखि ४०० सम्म अति प्रदुषित र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

केन्द्रीय प्रदुषण नियन्त्रण वोर्डले पनि नयाँदिल्लीको प्रदुषण नराम्रो दिशातर्फ बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *