खेलप्रेमीहरूको निम्ति भीआईको वी गेम्स शुरु

अग्रणी टेलिकम सर्विस प्रोवाइडर वोडाफोन आइडिया लिमिटेडले भारतमा गेमिङ उत्साहीहरूका लागि नयाँ प्रस्तावको साथ भारतमा आधारित विविध गेमिङ र स्पोर्ट्स मीडिया कम्पनी नजारा टेक्नोलोजी लिमिटेडसँग साझेदारीमा वी एपमा वी गेम्स शुरु गऱ्यो। यसले १० लोकप्रिय विधाहरूमा १२००+ एण्ड्रोइड र एचटीएमएल ५ आधारित मोबाइल गेमहरूसँग इमर्सिभ गेमिङ अनुभव प्रदान गर्दछ। डेलॉयट र सीआईआईद्वारा “डिजिटल रिसेट: टचिङ ए बिलियन इण्डियन्स” प्रतिवेदनले भारतीय उपभोक्ताहरूले अनलाइन गेमिङमा बिताएको राष्ट्रिय औसत समय ४ घण्टाभन्दा बढ़ी रहेको देखाएको छ।

वी गेम्स प्रस्तावमा शुरुमा कैसवल गेमिङ कण्टेण्ट हुनेछ र विस्तारै सोशल गेमिङ र भविष्यमा ईस्पोर्ट्स पनि होस्ट गर्न विकसित गरिनेछ। वी गेम्समा ३ कोटीहरूमा गेमिङ कण्टेण्टहरू छन्- प्ल्याटिनम गेमहरू जुन प्रति डाउनलोडको आधारमा प्ल्याटिनम पासमार्फत उपलब्ध हुनेछ। यसको मूल्य पोस्टपेडका लागि रु २५ र प्रिपेडका लागि रु २६ छ। गोल्ड गेमहरू जुन गोल्ड पासमार्फत ३० खेलहरू पोस्टपेडका लागि मात्र रु ५० र प्रिपेडका लागि रु ५६ मा उपलब्ध हुनेछ। ३० दिनको वैधताका साथ यसले सबै वी ग्राहकहरूका लागि प्लेटफर्ममा २५०+ नि:शुल्क खेलहरू पनि होस्ट गर्नेछ। नजरा टेक्नोलजीस लिमिटेडका संस्थापक र समूह एमडी नितिश मित्तरसेनले भने, “नजरा वीसँग हाम्रो गेमिङ कण्टेण्ट, स्पोर्ट्स र इण्टरैक्टिव एण्टरटेनमेण्टको सम्पूर्ण पोर्टफोलियोलाई उनीहरूको ठूलो प्रयोगकर्ता आधारमा ल्याउन पाउँदा हामी खुशी छौ।”

By Khushbu

Leave a Reply

Your email address will not be published. Required fields are marked *