फिल्म ‘हर्ट अफ स्टोन’मार्फत आलियाले गर्दैछिन् हलिउडमा डेब्यू

बलिउड अभिनेत्री आलिया भट्ट हलिउड फिल्म ‘हर्ट अफ स्टोन’ मा अनुबन्धित भएकी छिन्। आलियाले उक्त फिल्मबाट हलिउडमा डेब्यू गर्नेछिन्। नेटफ्लिक्सले ट्विटरमार्फत फिल्ममा आलियाले अभिनय गर्ने जानकारी दिएको हो।

यस फिल्ममा आलियाले  गल ग्याडट र जेमी डोरम्यानसँग सहकार्य गर्नेछिन्। स्पाइ थ्रिलर जनरामा बन्ने फिल्ममा टोम हार्परको निर्देशन रहनेछ।  पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ प्रदर्शन भएसँगै आलियाको अभिनयको चर्चा भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *